काठमाडौं– सरकारसँग ८ बुँदे सम्झौता भएपछि डा गोविन्द केसीले २८ औं दिनमा आज अनशन तोडेका छन्। उनलाई सरसफाई कर्मचारी ४६ वर्षीय विकास नेपालीले जुस पिलाएका हुन्।
अनसन तोडेपछि डा केसीलाई आइसियुमा भर्ना गरिएको छ।
शनिबार राति सरकारी पक्ष र डा केसी पक्षबीच वार्ता भएपछि ८ बुँदे सहमति भएको हो। उनले गत भदौ २९ गते जुम्लाबाट अनशन थालेका थिए।
सहमति डा केसीका ६ बुँदे मागका ६ वटा सहमति छन्। ७ नम्बर बुँदामा उक्त सहमतिलाई सम्बन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा अनसन तोड्ने विषय उल्लेख छ।
यस्तो छ सहमति पत्र
.jpg)
