काठमाडौं- सरकारले औषधि परामर्श परिषदमा तीन जना सदस्य नियुक्त गरेको छ।
मन्त्रिपरिषदले प्राडा संगरत्न बज्राचार्य, बाबुराम हुमागाईं र दीपकप्रसाद दाहाललाई नियुक्त गरेको हो।
परिषदका सदस्यको अवधि तीन वर्षको हुने छ।
औषधि ऐेन अनुसार परिषदको अध्यक्षमा स्वास्थ्य मन्त्रालयका मन्त्री अध्यक्ष हुने छन्। यसबाहेक स्वास्थ्य, वन, उद्योग र अर्थ मन्त्रालयका सचिव सदस्य हुने छन्।
ऐेन अनुसार परिषदमा सरकारले तीन जना विज्ञलाई नियुक्त गर्न सक्ने छ। सोही अनुसार बज्राचार्य, हुमागाईं र दाहाललाई नियुक्त गरीएको हो।