काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
धरान उपमहानगरपालिका- २, सुनसरीका ८९ वर्षीय पुरुषको आइतबार राति ११ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
यही असोज २३ गते अस्पताल भर्ना गरिएका उनको स्वाब परीक्षण गर्दा सोही दिननै कोरोना संक्रमण पुष्टि भएको थियो। उनी पहिलेदेखि नै विभिन्न दीर्घरोग रहेको अस्पतालले जनाएको छ।