काठमाडौं- देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ४६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ६७ जना भेन्टिलेटरमा र २७९ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १५५ जना आइसियु र ४६ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४६ जना आइसियु र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३० जना आइसियु र १५ जना भेन्टिलेटरमा र प्रदेश २ मा २० आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा २,गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १९ आइसियुमा उपचाररत रहेका छन् ।