काठमाडौं- देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
सोमबार ३३ हजार ८ सय ८० जना संक्रिय संक्रमितमध्ये १९ हजार ९ सय ५७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १३ हजार ४ सय ८९ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा २ हजार ३ सय ८८, प्रदेश २ मा ४ सय ५६, लुम्बिनी प्रदेशमा १ हजार ७ सय ८०, सुदूरपश्चिम प्रदेशमा ५ सय १४, गण्डकी प्रदेशमा ८४२ र कर्णाली प्रदेशमा ४८८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।