काठमाडौं- स्वास्थ्य मन्त्रालयले ७५३ स्थानीय तहले जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना नगरेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको छ।
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि पालिकाहरुको काम राम्रो भए पनि पूर्ण रुपमा जनस्वास्थ्यको पालना नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सबै स्थानीय पालिकाहरुमा जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना नभएकाले पूर्ण रुपमा पालना गराउन अनुरोध गर्दै तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको जनाएको छ।
सबै स्थानीय पालिकालाई जनस्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न परिपत्र गरि सहजीकरण गरिदिन पनि स्वास्थ्य मन्त्रालयले पत्रमा अनुरोध गरेको छ।