काठमाडौं– लुम्बिनी प्रदेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नवलपरासी निवासी ७७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
उनी असोज २६ गते ज्वरो र श्वासप्रश्वासमा समस्या र रक्तअल्पता भई अस्पताल भर्ना भएका थिए।
उनको सघन उपचार कक्षमा उपचारको क्रममा बुधबार बिहान २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।