काठमाडौं– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मोरङ, बेलबारी– १० का ३७ वर्षीय पुरुषको मंगलबार साँझ ६ः४५ बजे मृत्यु भएको अस्पतालका सह प्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए। उनी सोही दिन अस्पतालमा भर्ना भएका थिए।
अस्पतालका अनुसार उनको असोज २१ गते कोरोना पोजेटिभ आएको थियो।
त्यस्तै सुनसरीका ६० वर्षीय महिलाको असोज २८ गते बिहान ४ बजे मत्यु भएको डा श्रेष्ठले जानकारी दिए।
उनको असोज २४ गते कोरोना पोजेटिभ आएको थियो। उनी मधुमेहका बिरामी थिए।