काठमाडौं - नेपालमा एकै दिन १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा २ हजार ६ सय ३८ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ ।
नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ५८ प्रतिशत छ । कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार ९ सय ४७ जनाको पिसिआर परीक्षण भएको छ ।