काठमाडौं- पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या आएपछि बुधबार उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको हो।
उनलाई प्रेसर र स्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो।
हाल उनको उपचार सुरु भइसकेको अस्पतालले जानकारी दिएको छ।