काठमाडौं– धरानस्थीत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा सुनसरीकी ४४ वर्षीया महिला, ५८ वर्षीय पुरुष, इटहरीका ७५ वर्षीया महिला र तेह्रथुमका ३१ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सह प्रवक्त डा आशिष श्रेष्ठले जानकारी दिए।
४४ वर्षिय महिलाको असोज २७ गते कोरोना पोजेटिभ आएको थियो। उनी असोज २८ गते अस्पतालमा भर्ना भएकी थिइन्। उनको सोही दिन ३ः१५ मा मृत्यु भएको थियो।
५८ वर्षीय पुरुषको असोज २५ गते कोरोना पोजेटिभ आएको थियो। उनी असोज २८ गते अस्पतालमा भर्ना भएका थिए। उनको सोही दिन राती ११ः५५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
त्यस्तै ७५ वर्षीया महिलाको असोज २८ गते कोरोना पोजेटिभ आएको थियो। उनी सोही दिन अस्पतालको इमरजेन्सीमा भर्ना भएकी थिइन्। उनको बिहीबार १२ः५ मा मृत्यु भएको थियो। उनी उच्च रक्तचापका बिरामी थिइन्।
यस्तै ३१ वर्षीय पुरुषको असोज १० गते कोशी अस्पतालमा कोरोना पृष्टि भएको थियो।
उनी ११ गते अस्पतालमा भर्ना भएका हुन्। उनको बिहीबार बिहान ७ः१५ बजे मृत्यु भएको अस्पतालले जनाकारी दिएको छ। उनी मिर्गौला र उच्चरक्तचापका बिरामी थिए।