काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेम्डिसिभिर औषधि आयातका लागि नेपालका दुई र भारतको एक कम्पनीलाई आयात तथा बिक्रि-वितरणका लागि अनुमति दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यति फार्माकेम डिस्ट्रब्युर्टस प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिस् प्राइभेट लिमिटेड, काठमाडौं र हेट्रो ल्याब्स् लिमिटेड,भारत लाई रेम्डीसिभिर औषधि आयात तथा बिक्रि वितरण लागि सूचिकृत गरिएको जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले उक्त औषधि प्रयोग गरिरहेका कोभिड१९ उपचार गर्ने अस्पतालले चिकित्सकको सिफारिसमा माथि उल्लेखित सूचीकृत फर्म/फार्मेसीमा सम्पर्क राख्नुपर्ने बताए।
कोरोना भाइरस (कोभिड-१९) को उपचार लागि नेपालमा क्लिनिकल ट्रयालका रुपमा रेम्डिसिभिर नामक औषधि प्रयोगमा ल्याएको छ।