काठमाडौं- सुर्खेत प्रादेशिक अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मुत्यु भएको छ।
गुर्भाकोट नगरपालिका वडा न २ निवासी २२ वर्षिय पुरुषको सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका क्रममा बिहीबार साझँ ५ बजे मृत्यु भएको हो।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलका अनुसार उनी असोज २८ गते आफ्नो ठुलो बुबाको घरको शौचालय बेहोर भएको अवस्थामा भेटिएका थिए। सो क्रममा उनको र मुखमा फिँज आएको बताइएको छ।
सुरुमा झारफुक गरि उपचार गर्ने प्रयास गरिएको र निको नभएपछि देउती अस्पतालमा प्रा लि सुर्खेतमा लगिएको बताएइएको छ।
त्यहाँ पनि उपचार नभएपछि असोज २८ राति सुर्खेत प्रदेशिक अस्पतालमा रेफर गरिएको थियो।
अस्पतालले उनलाई सास फेर्न गाह्रो भएकोले सघन उपचारमा राखि उपचार सुरु गरेको थियो।
उनलाई २९ गते बिहान फोक्सो बाहिर हावा भरिएको एक्सरेमा देखिए पछि सोही दिन दिउँसो १ बजे छातीमा पाइप राखी उनको आवश्यक उपचार गरिएको समाजिक विकास मन्त्रालयलले
जानकारी दिएको छ। उनको सोही दिन उनको कोरोना पृष्टि भएको थियो । यो सँगै कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या १२ पुगेको छ।