काठमाडौं- लुम्बिनी प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा न २ निवासी ६८ वर्षिय पुरुषका शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
उनी ज्वरो र श्वासप्रस्वासको समस्या भई असोज २१ गते अस्पतालमा भर्ना भएका थिए। उनको सोही दिन कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ। अस्पतालले उनलाई असोजदेखि २५ गते सघन उपचार कक्षमा राखेर उपचार गर्दै आएको थियो।