काठमाडौं- नेपाल चिकित्सक संघले कोरोनाको उपचारमा अत्यावश्यक पर्ने औषधि तथा सामग्रीहरुको सहज उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी कोरोनाको उपचारमा आवश्यक पर्ने आइसियु बेड, भेन्टिलेटर, अक्सिजन, रेमडीसिभिर लगायतका अत्यावश्यक औषधिहरु सहज रुपमा उपलब्ध गराउन माग गरेको हो।
संघले कोरोनाको उपचारका लागि उचित वातावरण तयार गर्न सरकारलाई आग्रह समेत गरेको छ।
ननकोभिडका बिरामीहरुको उपचार गराउन कठिनाई भएको भन्दै संघले सरकार संवेदनशील भई अविलम्ब प्रभावकारी कदम उठाई संक्रमणको नियन्त्रण गर्न आवश्यक रहेको जनाएको छ।
अस्पतालहरुमा बेड, आईसियु, भेन्टिलेटर, अक्सिजन र रेमडिसिभिर लगायत अत्यावश्यक औषधिको अभावमा संक्रमितहरु भौतारिन बाध्य भएको भन्दै संघले सरकारको ध्यानाकर्षण गराएको छ।