काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय २२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा ८८ हजार ४० संक्रमित उपचारपछि निको भएका छन्।
आज मन्त्रालयका अनुसार १६ हजार ५ सय ३१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १२ लाख ५४ हजार १ सय ६७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ४ हजार ८ सय ८ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३७ हजार ३ सय ८२ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १ - ७४२७
प्रदेश २- १५४०१
बाग्मती प्रदेशमा - ३४९८४
गण्डकी प्रदेशमा - ४५७१
लुम्बिनी प्रदेशमा - ११५७५
कर्णाली प्रदेशमा - ३७६६
सुदूरपश्चिम प्रदेशमा- ७८८७