काठमाडौं- देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियु र भेन्टिलेटरमा उपचार गराउनुपर्ने संक्रमितको संख्या पनि बढेको छ।
शनिबार देशभर २९० जना आइसियु र ६६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।
प्रदेश अनुसार आइसियुमा उपचार गराउनेमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १५२ जना, प्रदेश १ मा ३४ जना, प्रदेश २ मा १३ जना, गण्डकी प्रदेशमा २० जना,
लुम्बिनी प्रदेशमा ५३ जना, कर्णाली प्रदेशमा ९ जना र सुदुरपश्चिम प्रदेशमा ९ जना संक्रमित छन्।
त्यसैगरी, प्रदेश १ मा ९ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा ४८ जना, गण्डकी प्रदेशमा ४ जना, लुम्बिनी प्रदेशमा १ जना र सुदुरपश्चिम प्रदेशमा ३ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।