काठमाडौं- कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेको व्यक्तिको मृत्यु भएमा शव व्यवस्थापन आफ्न्तले नै गर्नुपर्ने व्यवस्था गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७७ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले असोज २५ गते मन्त्रिस्तरीय निर्णय गर्दै होम आइसोलेनमा मृत्यु भएका व्यक्तिको शव आफन्तले नै सुरक्षा अपनाई व्यवस्थापन गर्नुपर्ने निर्णय गरेका हुन्।
उक्त कार्यविधिको बुँदा ४ मा ‘कुनै व्यक्तिको घर आइसोलेसनमा आफन्तले स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्छ। परिवारका सदस्यहरुले र अन्तिम संस्कारमा संलग्न हुने व्यक्तिहरुले सजगता अपनाई अन्त्येष्टि कार्य गर्नुपर्छ। यस्तो कार्यमा बच्चा र ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक लगायत क जोखिम समूहमा पर्ने व्यक्तिहरुलाई समावेश गराउनु हुँदैन।
व्यक्तिगत सुरक्षा सामग्री जस्तै, पन्जा, मास्क, पुरा बाहुला भएको गाउन प्रयोग गरी शबलाई र्याप गर्ने र बडी ब्यागमा राख्ने काम सम्बन्धित आफन्तले गर्नुपर्दछ।
'आइसोलेसनमा राखेको स्थान/कोठाबाट शव बोक्ने गाडीसम्म पुर्याउने काम मृतकको आफन्तले नै हुनेछ। शव बाहन नभएको स्थानमा शव बोक्न प्रयोग हुने साधन(खट) बोक्ने व्यक्तिले मृत शरीर नछुने गरी बनाउनुपर्छ' भन्ने उल्लेख छ। शव बोक्ने व्यक्तिले पानी नछिर्ने एप्रोन, पन्जा, सर्जिकल मास्क, चस्मा र गम बुटको प्रयोग गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।