काठमाडौं- पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय २६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो सँगै नेपालमा ९२ हजार १ सय ६६ जना संक्रमित उपचारपछि निको भएका छन्।
आज मन्त्रालयका अनुसार १४ हजार ८ सय ७५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै हालसम्म १२ लाख ८३ हजार ३ सय ५४ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ४ हजार ८ सय ३१ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३९ हजार ३ सय ४१ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १- ७९३४
प्रदेश २- १५५७०
बाग्मती प्रदेशमा- ४०२४४
गण्डकी प्रदेशमा - ४७८७
लुम्बिनी प्रदेशमा - ११८७६
कर्णाली प्रदेशमा - ३८६८
सुदूरपश्चिम प्रदेशमा - ७८८७