काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवमी,दशमी र एकादशीका दिन नयाँ कोरोना पिसिआर परीक्षण नहुने जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यी दिन दिन बाहेक अन्य समयमा पूर्ण रुपमा कोरोना परीक्षण हुने सबे ल्याब पूर्णरुपमा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए।
उनले ती तिन दिनमा ती प्रयोगशालाले प्रयोगशालाको चाप अनुसार काम गर्ने, गराउने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय भएको बताए।