काठमाडौं– जिल्ला अस्पताल पर्वतमा बाग्लुङकी ४८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
बाग्लुङ नगरपालिका– १३ की उनको आइतबार साँझ ७ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार उनको कात्तिक २ गत कोरोना पोजेटिभ पृष्टि भएको थियो।
उनी मधुमेहकी बिरामी थिइन्। योसँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ।