काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दसैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन्।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले दसैं खर्च कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी पत्रकार सम्मेलनमा दिए।
कोरोना महामारीका बेला सांसदहरु र मन्त्रीहरुले दसैँ खर्च लिएको भन्दै आलोचना भएको थियो। नेकपाले संस्थागत निर्णय नै गरेर दसैं खर्च फिर्ताको निर्णय गरेको छ।
नेपाली कांग्रेस सांसदहरुलस पनि दसैँ खर्च फिर्ताको निर्णय गरेका छन्। मन्त्री गुरुङले सञ्चारमन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो पत्रकार सम्मेलन गरेका हुन्।