काठमाडौं–पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा ९६ हजार ६ सय ९ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ६९ दशमलभ ४ प्रतिशत रहेको छ।
आज मन्त्रालयका अनुसार १३ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १३ लाख १४ हजार ७ सय ७९ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ४ हजार २ सय २० जना क्वारेन्टाइनमा छन्। नेपालमा ४१ हजार ७ सय ७५ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १ – ७९९३
प्रदेश २– १५६४९
बाग्मती प्रदेशमा –४४२५७
गण्डकी प्रदेशमा –४८३३
लुम्बिनी प्रदेशमा –१२०६७
कर्णाली प्रदेशमा –३८९१
सुदूरपश्चिम प्रदेशमा ७९१९