काठमाडौं- लुम्बिनी प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा बुटवल उपनगरपालिका– ११ र १७ का ४७ र ८१ वर्षीय पुरुष रहेको अस्पतालले जानकारी दिएको छ।
४७ वर्षीय पुरुष असोज २४ गते कोरोना पुष्टि भई असोज २४ गते अस्पताल भर्ना भएका थिए। ज्वरो र श्वासप्रश्वासमा समस्या भएका उनको उपचारका क्रममा बुधबार राति १ः१० मा मृत्यु भएको हो।
त्यस्तै ८१ वर्षीय पुरुष असोज २७ गते कोरोना पुष्टि भई सघन उपचार कक्षमा भर्ना भएका थिए।
ज्वरो र श्वासप्रश्वास समस्या भएका उनको आज बिहान ५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। उनी मधुमेह र पे्रसरका बिरामी थिए।