मुख्य समाचार

थप २६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७९१ पुग्यो

काठमाडौं - नेपालमा एकै दिन २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  यसअघि मंगलबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। 

गत २४ घण्टामा ५ हजार ७ सय ४३ जना जना भेटिएसँगै संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ। कुल संक्रमितमध्ये ४४ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन्। 

कोरोनाको आशंकामा गत २४ घण्टामा २० हजार १ सय १८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै पिसिआर परीक्षण हुनेको संख्या १३ लाख ३४ हजार ८ सय ९७ पुगेको छ। हाल ४ हजार ६५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने