काठमाडौं– चितवनस्थित भरतपुर अस्पतालमा ३३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
तनहुँ जिल्ला शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर जिल्ला हेटौँडा ५ बस्ने ३३ वर्षीया महिलाको निमोनिया र श्वासप्रश्वासमा समस्या आएर बिहीबार बिहान ६ः१५ मा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
उनी संक्रमण सहित खोकी र श्वासप्रश्वासमा समस्या भई असोज ३० गते अस्पतालमा भर्ना भएकी थिइन्।
स्वास्थ्यमा समस्या आएपछि उनको अस्पतालले कोभिड आइसियुमा भेन्टिलेटरको सहायतामा उपचार हुँदै आएको थियो।
उनी ३७ हप्ताकी गर्भवती थिइन्।