विश्व स्वास्थ्य

बायोटेकको कोरोना भ्याक्सिन आगामी जुनसम्म आउने दावी

नयाँदिल्ली- इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) को नेसनल इन्टिच्युट अफ भाइरोलोजीसँग मिलेर कोरोना भाइरसको भ्याक्सिन बनाइरहेको बायोटेक कम्पनीले आगामी महिनाको जुनसम्ममा भ्याक्सिन आइसक्नेो दावी गरेको छ।

बायोटेकका एक अधिकारीका अनुसार यदि सरकारले आापतकालीन अनुमति दिएमा भ्याक्सिन समयमै उपलब्ध गराउन सकिने बताए। भारतको बायोटेक कम्पनीले देशका १२ देखि १४ राज्यमा २० हजार स्वयंसेवकमाथि भ्याक्सिन ट्रायल गर्दै छ।

सिरम इन्टिच्युट अफ इन्डियाले बनारहेको भ्याक्सिन कोविशिल्ड भ्याक्सिनको दौडमा अहिलेसम्म सबैभन्दा अगाडि रहेको छ। कोविशिल्डाको तेस्रो चरणको ट्रायल छिट्टै सुरु हुने र यसका लागि मानिसहरुको छनोट पनि भइरहेको बताइएको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने