मुख्य समाचार

देशभर ३२ हजार ८७३ सय कोरोना संक्रमित होम आइसोलेसनमा 

काठमाडौं- देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। 

शनिबार ४६ हजार ५७ जना संक्रिय संक्रमित मध्य ३२ हजार ८ सय ७३ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ४  सय ५९ जना होम आइसोलेसनमा छन्। 

त्यस्तै प्रदेश १ मा  ५ हजार ९  सय २१, प्रदेश २ मा १ हजार २ सय ७८, लुम्बिनी प्रदेशमा  ३ हजार ८ सय ४२, सुदूरपश्चिम प्रदेशमा १ हजार ५७, गण्डकी प्रदेशमा १हजार ४६० र कर्णाली प्रदेशमा ८५६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने