मुख्य समाचार

शनिबार कुन जिल्लामा कति काेराेना संक्रमित भेटिए?

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार २ सय २५ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

प्रदेश १ को इलाममा २, उदयपुरमा १, खोटाङमा १, झापामा ४७, ताप्लेजुङमा १, तेह्रथुममा ५, धनकुटामा ३, मोरङमा १ सय १, संखुवासभामा २ र सुनसरीमा ५९ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा १०, पर्सामा १३, बारामा ३२, महोत्तरीमा ३, रौतहटमा १५, सप्तरीमा ३, सर्लाहीमा १ र सिरहामा ७ जनामा कोरोना पाइएको छ। 
बागमती प्रदेशको काठमाडौंमा मात्र ८ सय ३२ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ४, चितवनमा ४९, दोलखामा ३, धादिङमा ११, नुवाकोटमा ६, भक्तपुरमा १ सय २, मकवानपुरमा १९, रसुवामा १, रामेछापमा ५, ललितपुरमा १ सय ७६, सिन्धुपाल्चोकमा ७ र सिन्धुलीमा २ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७७, गोरखामा ६, तनहुँमा १७, नवलपरासी पूर्वमा २५, पर्वतमा ९, लमजुङमा २, बागलुङमा २ र स्याङजामा ७ जनामा कोरोना भेटिएको छ। 

कोरोना पुष्टि हुनेमा प्रदेश ५ को अर्घाखाँचीका ८, कपिलवस्तुका २२, गुल्मीका ३, दाङका ६१, नवलपरासीका २१, पाल्पाका १९, प्युठानका ४, बर्दियाका २२, बाँकेका ६४, रुकुम पूर्वका ३, रोल्पाका १ र रुपन्देहीका १ सय ४५ जना छन्। 

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ५, जुम्लामा १४, दैलेखमा १२, मुगुमा ७, रुकुम पश्चिममा १, सल्यानमा १ र सुर्खेतमा २ जनाका कोरोना भेटिएको छ। 
सुदूरपश्चिम प्रदेशको अछाममा ३, कञ्चनपुरमा १३, कैलालीमा ९७, डडेल्धुरामा ८, डोटीमा ९, बझाङमा ८ र बैतडीमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। 

कुल संक्रमितमध्ये ४६ हजार ५७ जना सक्रिय संक्रमित छन्। देशभर हाल ३ हजार ३ सय २२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने