काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३ हजार ३३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी दिएको छ।
यो सँगै नेपालमा एक लाख ११ हजार ६७० जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ७० दशमलब ६ प्रतिशत रहेको छ।
मन्त्रालयका अनुसार देशभर १२ हजार ३११ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १३ लाख ९३ हजार १ सय ७३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ३ हजार ६४ जना क्वारेन्टाइनमा छन्। नेपालमा ४५ हजार ५७२ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।