काठमाडौं– बुटवलमा कोरोना संक्रमित थप दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा एक पुरुष र एक महिला छन्। बुटवल १३ का ५२ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो। यस्तै, तिलोत्तमा ११ की महिलाको सोमबार राति मृत्यु भएको हो।
दुवै जनाको मृत्यु बुटवलस्थित कोरोना विशेष अस्पतालमा भएको हो।