काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटको लाइभ प्रेस बिफ्रिङ हप्ताको दुई पटक मात्र गराउने भएकाे छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सातामा आइतबार र बुधबार साविककै समयमा दिउँसो ४ः१५ बजे लाइभ प्रेस बिफ्रिङ गरिने जानकारी दिए।
उनका अनुसार अन्य दिन दिउँसो ४ः३० बजे स्वास्थ्य मन्त्रलायको वेडसाइड, भाइबर र सामाजिक सञ्जालमार्फत कोरोना सम्बन्धी जानकारी गराइने छ।