काठमाडौं– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्जल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड-१९ उपचार केन्द्रमा थप एक जनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका-१३ निवासी ३६ वर्षीया महिलाको बुधबार राती ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए।
उनी कात्तिक ५ गते कोभिड संक्रमित भई उपचार केन्द्रको आइसियुमा भर्ना भएकी थिइन्।
उनलाई निमोनियाको समस्या थियो। योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या २० पुगेको छ।