मुख्य समाचार

पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना कोरोनामुक्त 

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३ हजार ३८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।  

योसँगै नेपालमा  एक लाख २४ हजार ८ सय ६२ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ७५दशमलभ ८ प्रतिशत रहेको छ। 

आज मन्त्रालयका अनुसार ९ हजार ७ सय ६९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १४ लाख १९ हजार ६४ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  
मन्त्रालयका अनुसार २ हजार ८ सय ८९ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ३८ हजार ९ सय ५२ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने