मुख्य समाचार

देशभर ३१ हजार ८९८ जना स्रक्रमित होम आइसोलेसनमा 

काठमाडौं- देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। 

बिहीबार ३८ हजार ९ सय ५२ जना संक्रिय संक्रमित मध्ये ३१ हजार ८ सय ९८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा १८ हजार ७६ जना होम आइसोलेसनमा छन्। 

त्यस्तै प्रदेश १ मा  ६ हजार १ सय ८३, प्रदेश २ मा १ हजार १, लुम्बिनी प्रदेशमा  ३ हजार ७ सय ४१, सुदूरपश्चिम प्रदेशमा ९ सय ९८, गण्डकी प्रदेशमा १ हजार ३२६ र कर्णाली प्रदेशमा ५७३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने