काठमाडौं– लुम्बिनी प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिका– ८ निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
उनी कात्तिक १ गते अस्पतालमा भर्ना भएका थिए। सोही दिन उनको कोरोना पृष्टि भएको थियो।
अस्पतालका अनुसार उनलाई ज्वरो, निमोनिया र श्वासप्रश्वासमा समस्या आई शुक्रबार बिहान ८ बजे मृत्यु भएको हो।
उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए।