काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ६५ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ६९ जना भेन्टिलेटरमा र २९६ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १८४ जना आइसियु र ५२ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४५ जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३१ जना आइसियु र ९ जना भेन्टिलेटरमा र प्रदेश २ मा १२ आइसियु उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदूरपश्चिममा ५ आइसियु र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा १५ आइसियु र ३ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ आइसियु उपचाररत रहेका छन्।