काठमाडौं– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–३ निवासी ४७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
निमोनिया भएर अस्पताल भर्ना भएका उनको शनिबार राति साढे ११ बजे मत्यु भएको अस्पतालका निर्देशक सह प्राडा अर्जुन आचार्यले जानकारी दिए।
उनी कात्तिक ४ गते कोरोना संक्रमित भई केन्द्रको आइसियुमा भर्ना भएका थिए।