काठमाडौं– लुम्बिनी प्रदेशिक अस्पतालको अस्थाई कोभिड अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका– १ निवासी ९५ वर्षीय पुरुष संक्रमितको मृत्यु भएको अस्पतालले जनाकारी दिएको छ।
अस्पतालका अनुसार ज्वरो र श्वासप्रश्वासमा समस्या भई उपचारको क्रममा आइतबार बिहान साढे १० बजे उनको मृत्यु भएको हो।
उनी कात्तिक १५ गते अस्पतालमा भर्ना भएका थिए। उनको सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो।