काठमाडौं– नेपालगञ्ज मेडिकल कलेज तथा शिक्षण अस्पतालमा सुर्खेतका ३२ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ।
भेरिगंगा नगरपालिका– १२ निवासी ती पुरुषको आइतबार बिहान कडा निमोनिया तथा शरीरमा संक्रमण फैलिएर मृत्यु भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।
कात्तिक १५ गते कोरोना पुष्टि भई सोही दिन उनी अस्पताल भर्ना भएका थिए।