काठमाडौं– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
पोखरा महानगरपालिका– १७ निवासी ६० वर्षीय पुरुषको उपचारका क्रममा आइतबार ११ः५५ मा मृत्यु भएको अस्पतालका निर्देशक सह प्राडा अर्जुन आचार्यले जानकारी दिए।
उनी कात्तिक ११ गते कोरोना संक्रमित भई अस्पतालको आइसियुमा भर्ना भएका थिए। उनी मधुमेहका बिरामी थिए।