काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
धरान उपमहानगरपालिका- ९, सुनसरीका ६९ वर्षीय पुरुष संक्रमितको आज दिउँसो ३ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
यही कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी सोही दिन प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना भएका थिए। उनमा पहिलेदेखि नै हाइपरटेन्सनको समस्या रहेको अस्पतालले जनाएको छ।