काठमाडौं- विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ करोड ६४ लाख नाघेको छ। सोमबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ४ करोड ६४ लाख २० हजार ९ सय ४० जना संक्रमित भएको तथ्यांक रहेको छ।
अमेरिकामा संक्रमितको संख्या ९१ लाख ९९ हजार ५ सय २३ पुगेको छ। त्यस्तै भारतमा ८१ लाख ८४ हजार ८२, ब्राजिलमा ५५ लाख ४५ हजार ७ सय ५ र रुसमा १६ लाख २४ हजार ६ सय ४८ जनामा ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ लाख ९९ हजार नाघेको छ।
पछिल्लो तथ्यांक अनुसार ११ लाख ९९ हजार ५ सय १ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ३० हजार ९ सय ३४, ब्राजिलमा १ लाख ६० हजार ७४, मेक्सीकोमा ९१ हजार ७ सय ५३, बेलायतमा ४६ हजार ८ सय ७, इटालीमा ३८ हजार ८ सय २६ जनाको मृत्यु भएको छ
विश्वभर तीन करोड १ लाख ९ हजार ७ सय ६० जना संक्रमणमुक्त भएका छन्।
सोमबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५० लाख २२ हजार ३ सय ३८, अमेरिकामा ३६ लाख ३० हजार ५ सय ७९, रुसमा १२ लाख १८ हजार ६ सय १९ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि एक लाख ७३ हजार ५ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख ३४ हजार ८ सय ४२ जना संक्रमणमुक्त भएका छन् भने ९ सय ६० जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ८१ लाख ८४ हजार ८२ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख २२ हजार १ सय ११ पुगेको छ। भारतमा हालसम्म ७४ लाख ९१ हजार ५ सय १३ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख ३३ हजार ९ सय ७० जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ८ सय २३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख १४ हजार ५ सय ५५ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ९ हजार २ सय ५२ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ९ सय ४१ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख २५ हजार ९ सय ४० छ।
अफ्गानिस्तानमा संक्रमितको संख्या ४१ हजार ५ सय १ पुगेको छ। अफगानिस्तानमा १ हजार ५ सय ३६ जनाको मृत्यु भइसकेको छ भने ३४ हजार ३ सय २६ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ११ हजार ७ सय १ जना रहेको छ। मृत्यु हुनेको संख्या ३८ छ भने उपचारपछि निको हुनेको संख्या १० हजार ८ सय ८३ पुगेको छ।
श्रीलंकामा संक्रमितको संख्या ११ हजार ६० जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या २१ छ भने निको हुनेको संख्या ४ हजार ९ सय ५ रहेको छ।
भुटानमा संक्रमितको संख्या ३४९ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३२४ छ।