काठमाडौं- देशभर हाल १३ वटा जिल्लामा पाँच सय भन्दा बढी कोरोना संक्रिय संक्रमित छन्।
काठमाडौं, भक्तपुर, ललितपुरसहित १३ वटा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
सक्रिय संक्रमितको संख्या सबैभन्दा धेरै काठमाडौं छ। काठमाडौंमा मात्र १६ हजार ८ सय ९० जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ।
मोरङमा २ हजार ८ सय २२, ललितपुरमा २ हजार ३ सय ३, सुनसरीमा १ हजार ९ सय ६७, चितवनमा १ हजार ३ सय ६१, रुपन्देहीमा १ हजार ३ सय ३८, भक्तपुरमा १ हजार १ सय ५१ जना सक्रिय संक्रमित छन्।
यस्तै, झापामा ९ सय ३५, काभ्रेपलाञ्चोकमा ५ सय ३६, मकवानपुरमा ७ सय ७६, नवलपरासी पूर्वमा ५ सय २५, कास्कीमा ९ सय ६१ र दाङमा ६ सय ५६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।