काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना ३० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ।
महादेवा- ६, सप्तरी घर भई हाल धरान उपमहानगरपालिका- १८, सुनसरी बस्ने पुरुष संक्रमितको उपचारका क्रममा हिजो साँझ मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालको इमर्जेन्सीमा भर्ना भएका उनको हिजो नै स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो।