काठमाडौं- बाग्लुङ नगरपालिका– ३ का ६६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
धौलगिरि अस्पताल बाग्लुङमा उपचारका क्रममा मंगलबार बिहान १०ः२० बजे उनको मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटन्डेन्ट डा शैलेन्द्र विकले जानकारी दिए।
उनी श्वासप्रश्वासमा समस्या भई अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए। उनी अस्पतालको आइसियुमा भेन्टिलेटरबाट उपचार गरिएको थियो।