काठमाडौं– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
केराबारी–८, मोरङका ५७ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार बिहान ५ बजे मृत्यु भएको अस्पताले जानकारी दिएको छ।
उनी कात्तिक ११ गते अस्पतालमा भर्ना भएका थिए। अस्पतालका अनुसार उनको कात्तिक २१ गते कोरोना पृष्टि भएको थियो।