काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ। गत २४ घण्टामा ३ हजार १ सय १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ को इलाममा ३, उदयपुरमा ३, ओखलढुंगामा ८, खोटाङमा २, झापामा २२, धनकुटामा ५, पाँचथरमा १, भोजपुरमा २, मोरङमा १ सय ४९, संखुवासभामा २, सुनसरीमा १ सय ७ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धुनषामा २७, पर्सामा १३, बारामा १०, महोत्तरीमा १०, रौतहटमा १२, सप्तरीमा २, सर्लाहीमा ८ र सिरहामा १९ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार २ सय ४२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १ सय ४९, चितवनमा १ सय ९५, दोलखामा ११, धादिङमा २६, नुवाकोटमा ६९, भक्तपुरमा ६३, मकवानपुरमा ७९, रसुवामा १, रामेछापमा १३, ललितपुरमा १ सय ६३, सिन्धुलीमा ८ र सिन्धुपाल्चोकमा १३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ६३, गोरखामा १६, तनहुँमा ३६, नवलपरासी पूर्वमा ३३, पर्वतमा १, मुस्ताङमा ३, म्याग्दीमा ६, लमजुङमा ७, बाग्लुङमा १५ र स्याङजामा ९ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा १४, गुल्मीमा ११, दाङमा ९७, नलवपरासीमा १८, पाल्पामा ५, बर्दियामा २७, बाँकेमा ५३, रुकुम पूर्वमा ३, रुपन्देहीमा १ सय १ र रोल्पामा ६ जनामा कोरोना पाइएको छ।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ८, जाजरकोटमा २, जुम्लामा १०, डोल्पामा १, दैलेखमा ७, मुगुमा १, रुकुम पश्चिममा ९, सल्यानमा २ र सुर्खेतमा ६ जनामा कोरोना पुष्टि भएको छ।
सुदूरपश्चिमको अछाममा ४, कञ्चनपुरमा ५, कैलालीमा ७३, डडेल्धुरामा १, डोटीमा १०, दार्चुलामा ४, बझाङामा २ र बैतडीमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।