काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
धरान उपमहानगरपालिका- ९, सुनसरीकी ६१ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
प्रतिष्ठानको कोभिड अस्पतालमा आजै भर्ना गरिएकी उनमा यही कात्तिक ५ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो। उनको आज अपराह्न पौने ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।