काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा ९ वर्षीया बालिका र ६१ वर्षीया महिला छन्।
इटहरी- ६, सुनसरीकी ९ वर्षीया बालिकाको आज बिहान ३:२५ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। यही कात्तिक १७ गते कोरोना पुष्टि भएको उनलाई हिजो अस्पताल भर्ना गरिएको थियो।
यस्तै ६१ वर्षीया महिला यही कात्तिक ५ गते अस्पताल भर्ना भएकी थिइन्। गत असोज ३० गते कोरोना पुष्टि भएको उनको आज बिहान सवा ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।